देउराली । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव समूहलाई पार्टी छाेडेका भगौडा बताएका छन्  ।

सुदुपश्चिमकाे धनगडिकाे खुल्लामञ्च आयाेजित सभालाई सम्बाेधन गर्दै  प्रधानमन्त्री ओलीले पार्टीकाे केन्द्रीय कमिटिकाे बैठकमा नआएर सडकमा गएकाे बताएका छन् ।

उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

उनले केन्द्रीय कमिटिकाे बैठकमा नआइ अन्यत्र भेला गर्ने ,जुलुस गर्ने र अश्ललिल गालिगलैच गर्ने गर्दै हिड्ने गरेकाे बताएका छन् ।

उनले भने  ' प्रचण्ड माधव नेपाल अघि लागेका जुलसहरूमा वहाँअरू संससगै अस्लिल गालिगलैचका नाराहरू लाग्ने गर्छ । वहाँहरूका समर्थक भनिएकाहरू, नेता भनिएकाहरू गालिगलैच गरेर हिडिरहेका छन् । हामीलाइ गालिगलैच गर्ने फुर्सद छैन ।  '


स्वागत गर्न  विमानस्थल पुगिन पूर्वमाओवादीकी प्रदेश प्रमुख शर्मिला त्रिपाठी

प्रधानमन्त्री प्रदेश स्तरीर जनसभालाई सम्बाेधन गर्न धनगडी पुगेका थिए ।  सुरपश्चिम प्रदेशमा अल्पमतमा रहेका नेकपाकाे ओली समुहका अध्यक्ष समेत रहेका ओलीलाई  स्वागत गर्न पूर्वमाओवादीकी प्रदेश प्रमुख शर्मिला त्रिपाठी भने धनगढी विमानस्थल पुगेकी थिइन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ ।