ब्लाष्टखबर । प्रतिनिधिसभा विघटनविरुद्ध परेकाे  रिटहरूकाे निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा संयुक्त निवेदन पेश गरेका छन् ।

निवेदनमा प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय भएकाेले यसको अन्तिम व्याख्या बृहत पूर्ण इजलासले मात्र गर्न सक्ने बताइएकाे  ।

काेभिड–१९ बारे पनि बृहत पूर्ण इजलासबाट व्याख्या भएको उल्लेख गर्दै निवेदनमा भनिएको छ,' हामीले उठाएको विषयलाई पनि वृहत पूर्ण इजलासले अन्तिम व्याख्या गर्नुपर्दछ भन्ने हाम्रो संयुक्त निवेदन छ ।’