मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९  का बिपन्न परिवारकी एकल महिला रुपा दर्जीकोे परिवारलाई घर हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुपाको परिवारलाई घर हस्तान्तरण गरिएको मानव सेवा समाज मिक्लाजुङका अध्यक्ष प्रवेश कुवंरले बताए ।  

अति बिपन्न परिवारकी एकल महिला रुपाले पारिवारीक अवस्था न्यून भएकै कारण घाँस खोजेर बेची सो बाट प्राप्त रकमले नानीहरुलाई बिहान बेलुकाको छाक टार्दै आएकी थिइन ।

रुपा एकल महिला भएको र परिवारमा अन्य काम गर्न सक्ने कोही नभएकाले गर्दा उनको घरको अवस्था समेत ज्यादै जिर्ण बनेका थाहा पाए पछी मानव सेवा समाज मिक्लाजुङ र मावा नुनसरी सामुदायिक वन उपभोेक्ता समुहको आयोजनामा दातहरु खोज गरि घर निर्माण कार्य सुरु गरिएको मानव सेवा समाज मिक्लाजुङका सचिब दिपेन थापाले बताए  । 

दलबहादुरको घर निमार्ण गर्न देश विदेश बाट दाताहरुले सहयोग गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सो घर निमार्ण गर्न कुल  एक लाख ४४ हजार दुई सय नौ रुपैयाको लागतमा घर निर्माण भएको मानव सेवा समाज मिक्लाजुङका कोषाध्यक्ष मनोज सुवेदीले बताए । 

घर हस्तान्तरण कार्यक्रममा उर्लाबारीका युवा व्यवसायी तथा कार्यक्रमका प्रमुख अतिथी सचिन साक्यले बिपन्न परिवारको घर निर्माणमा सहयोग गर्ने अवसर दिएकोमा खुःशी लागेको बताए ।

उनले आगामी दिनमा समेत मानव सेवा समाजले गर्ने सकारत्मक र समाज सेवाका कार्यहरुमा आफु सहयोग गरेर अघि बढन प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा मिक्लाजुङ क्षेत्रका बुद्धीजिवीहरु, मेघनाथ घिमीरे, डिल्ली प्रसाद खतिवडा, मावा नुनसरी सामुदायिक वनका अध्यक्ष बिष्णु प्रसाद गुरागाई  मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का अध्यक्ष सोमनाथ अधिकारी लगायतले मानव सेवाले गरेको कामको प्रशंशा गरेका थिए ।