धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी सो समूहले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गर्ने घोषणा गरेको हो ।  काठमाडौमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

सरकारको असंवैधानिक कदम असफल बनाउने उद्घोष सहित आन्दोलन गरिरहेको सो समूहले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलन गरिरहेको छ । प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक श्रेष्ठले बताएका छन् ।