ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे  प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डल विरूद्ध पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहले अविश्वासकाे प्रस्ताव दर्ता गराएका छन् । 

प्रदेश २ मा नेकपाका  ३२ जना संसद रहेकामा  १७ जना संसदहरूकाे हस्ताक्षर गरिएकाे उक्त प्रस्तावमा प्रदेश सभामा  गरिएकाे प्रदेश सभा सदस्य शत्रुधन महतोले जनाएका छन् ।

उनका अनुसार २० जना संसदहरू प्रचण्ड– माधव समुहमा रहेकाेमा केहि संसदहरू प्रदश २ भन्दा बाहिर भएकाले १७ जनाकाे मात्र हस्ताक्षर सम्भव भएकाे हाे ।

ली समुहमा मण्डल अइतबार बस्ने  संसदीय दलको बैठकमा उक्त प्रस्ताव  फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले जनाएका छन् ।

पार्टी एकीकरण हुनुअघि प्रदेश सभामा तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलको हैसियत पाएको नेकपाका दलका नेता मण्डलले प्रदेश सभाबाट सवारीसहितको सुविधा पाउँदै आएका छन् ।