बिर्तामोड । गरामनी कृषि सहकारी संस्था बिर्तामोड–३ बिर्ताबजार झापाको अध्यक्षमा पुनः ताराप्रसाद चापागाई सर्वसम्मत चयन भएका छन् । १३ औं बार्षिक साधारणसभाले अध्यक्षमा चापागाईलाई चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा पार्वती काफ्ले, सचिवमा गोपाल सिटौला र सदस्यमा काशीनाथ उप्रेती, वीरवल राजवंशी, ज्ञानेन्द्र ढुङ्गाना, मेनुका राई, युवराज चापागाई र पूजा आपगाई चयन भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा पदमप्रसाद वाँस्कोटा, सदस्यमा प्रेम चिमरिया र गोपालप्रसाद घिमिरे चयन भएका छन् ।

कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक राधाकृष्ण अधिकारीले गरेका थिए । संस्थाका अध्यक्ष चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल रहेका थिए ।

एकहजार ७ सय ७८ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुृँजी  एक करोड १७ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको अध्यक्ष चापागाईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष २०७६÷७७ मा ४ लाख ७८ हजार ५ सय ५९ रुपैयाँ २९ पैसा खुद नाफा गरेको प्रतिवेदनमा छ ।


संस्थाका लेखा समिति संयोजक वाँस्कोटाले स्वागत गरेको कार्यक्रममा रामजानकी सहकारीका डिवी कार्की, सुनकोशी सहकारीका आनन्द राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लेखापाल मनिता घिमिरेले गरेकी थिइन् ।