इनरुवा । संसद् बिघटनको बिरोधमा प्रचण्ड माधब समूहले सुनसरीमा समेत प्रदर्शन गरेको छ ।
प्रधानमंत्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गर्दै उनीहरुले सुनसरीको इनरुवामा बिरोध जुलुस निकालेका छन् ।
जिल्ला पार्टी कार्यालय इनरुवामा भेला भएका नेता कार्यकर्ताको जुलुसले नगरको परिक्रमा गरेको छ ।
जिल्ला स्तरीय कार्यक्रम भएकाले प्रधानमंत्रीको कदम बिरुद्ध नेकपाले निकालेको यस अघि निकालेको बिरोध कार्यक्रमको तुलनामा आज भने सहभागिको संख्या उल्लेख्य रहेको थियो ।
सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शनका कार्यक्रम गरिरहँदा सुनसरीमा समेत नेता तथा कार्यकर्ताले प्रदर्शन सहित सभाको आयोजना गरेका हुन् ।
सुनसरीको बिरोध प्रदर्शनलाई नेकपाको प्रचण्ड माधब समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले नेतृत्व गरेका थिए ।
बिरोध सभालाई सम्मबोधन गर्दै आचार्यले केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडी गोठको संज्ञा दिएका छन् । आचार्यले ओलीको हठीपनाको कारण मुलुक संकटमा परेको बताए ।
आचार्यले कुनैपनि हालतमा ओलीको निर्णय जनतालाई मान्य नहुने बताए ।
बिरोध सभालाई केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, महफुज अन्सारीले समेतले सम्बोधन गरेका थिए । बिरोध प्रर्दशन सँगै भिन्नाभिन्नै चोकमा फरक वक्ताले सम्बोधन गरेका थिए ।
उनीहरुले ओलीलाई सच्चिन सुझाव दिएका थिए ।