मधुमल्ला । लामो समय देखी नेकपाको गडको रुपमा परिचित हुदै आएको मोरङको मिक्लाजुङ गाउँपालिकामा एकै दिन दुइ सय भन्दा बढीको संख्यामा नेकपा र राप्रपा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाछन ।

शनिबार मिक्लाजुङ वडा नं. ६ शान्तिटोलमा नेपाली कांग्रेस वडा नं. ६ को आयोजनामा दुई सय भन्दा बढीलाई नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस वडा नं. ६ का सभापती खडि मगरले बताए । केन्द्रीय स्तरमा नेकपा फुटको संघारमा पुगेको अवस्थामा मोरङको मिक्लाजुङमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन ।

पाटी प्रवेश गर्ने अधिकांस कार्यकर्ताहरु नेकपा र राप्रपा बाट प्रवेश गरेको नेपाली नेपालि कांग्रेस वडा नं. ६ का तरुण उपसभापती कमल बोहोराले बताए ।

पार्टीमा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगर प्रमुख खड्ग फागो र महासमिति सदस्य ललित अधिकारी, उर्लाबारि नगरसभापति बिरबल थापा मिक्लाजुङ सभापती सेमन्तराज दाहाल, उप सभापति खगेन्द्र मादेन युवा नेता बवी राई , ६ नम्बर सभापति खडी मगर लगायतले अबिर लगाएर स्वागत प्रवेश गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति खड्ग फागोले कम्युनिष्ट ईश्या र आरिषले जन्मेको आरोप लगाए ।

जस्ले श्रम गर्छ, काम गर्छ, धनसम्पत्ति जोड्छन् उनीहरुलाई आरिस इश्र्याले दुख दिने बताए ।

फागोले प्रश्न गर्दै भने, अझ गरिव र मजदुरको पार्टी भनेर कम्युनिष्ट नारा लगाउछन्, कुन गरिब र कम्युनिष्टहरुको हैसियत समान छ ? कुन गरिवले समानता महषुस गरयो त ? फागेले पुजिवाद दलाल भनेर जनताले कम्युनिष्टहरु चिनिसकेको समेत आरोप लगाए ।