ब्लाष्टखबर । केपी ओली नेतृत्वका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

३ मन्त्रिले राजिनामा दिएसंगै प्रदेशसभा सचिवालयमा पुगी शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

पूर्व एमालेका ओली इतर २४ माओवादीका २२ सांसद गरी ४६ संसद रहकाे प्रचण्ड–नेपाल पक्षका ४५ सांसदले पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

ओली पक्षमा ३४ जना संसद रहेका छन्  ।  सरकार गठन गर्न दुवै पक्षले कांग्रेसको साथ लिनुपर्नेछ । तर त्यसअघिनै प्रदेशसभा भंग हुनसक्ने चेतावनी प्रधानमन्त्रीले सांकेतिक रुपमा दिइसकेका छन् ।

यसअघि बागमती  प्रदेशका तीनजना मन्त्रीले राजीनामा दिएका थिए । राजिनामा दिनेहरूमा प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले रहेका छन् ।