धरान । नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने प्रचण्ड–माधव नेपाल समूहले निर्णय गरेको छ ।

प्रचण्ड–नेपाल समूहको मङ्गलबार भएको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नेदेखि विभिन्न ७ वटा एजेन्डा प्रस्तुत गरिएको छ।