धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा सुनसरीबाट ८ जना चयन भएका छन् ।
मङ्गलबार भएको ओली समूहको बैठकले केन्द्रीय कमिटि पुनर्गठनका क्रममा सुनसरीका रेवतीरमण भण्डारी, मुरारी सुवेदी, सर्बध्वज साँबा, विजय कुमार राई, मोतिराज सुनुवार, ओम कोईराला, खेमराज पोख्रेल र लक्ष्मी गौतम केन्द्रीय सदस्यमा चयन भएको प्रदेश १का मुख्यमन्त्री शेरधन राईका प्रमुख स्वकिय सचिव नवराज राईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो ।