धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

हिजो संसद् विघटन गरेका ओलीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको बताइएको छ ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका ओलीले आज बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेपछि यसको चारैतिर विरोध सुरु भएको छ। सडकमा उनकै पार्टी र अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत विरोध प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंमा ओलीको कदमको विरोधमा उत्रिएका मानव अधिकारवादीहरुलाई पक्राउ गरिएको छ ।