धनकुटा । प्रधानमन्त्री केपी ंशर्मा ओलीले संसद् विघटन गरेको विरोधमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धनकुटाले आईतवार साँझ मसाल जुलुस प्रदर्शन गर्दै ओलीको पुत्ला दहन गरेको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले संयुक्त रुपमा संसद विघटन असंवैधानिक भएको भन्दै ओलीको पुतला जलाएका हुन् ।
धनकुटा नगरपालिका–६ भिमनारायणचोकमा भेला भई वजारको विभिन्न भाग परिक्रमा गरेको जुलुसले मदनचोकमा पुगी ओलीको पुत्ला दोहन गरेको हो । नेपाली जनताले ५ वर्षको लागी सरकार चलाउन दिएको जिम्मेवारी पुरा नगरी असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले मुलुकलाई अनिर्णयको वन्दी वनाएको नेविसंघ तथा नेपाली कांग्रेसका नेताहहरुले आरोप लगाएका छन् ।
मदनचोकमा आयोजित कोणसभालाई नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष नविन किशोर शाक्य, जिल्ला सदस्य निर्मल ओझा, नेविसंघ धनकुटा क्याम्पस ईकाइ सभापति करुणा कट्वाल, एनसीआईसी इन्जिनियरिङ्ग क्याम्पस काठमाण्डौंका सभापति सरोज थापा, नेविसंघ जिल्ला उपाध्यक्ष विमर्श अमात्य, तरुण दल क्षेत्रिय उपाध्यक्ष तिलक महत, धनकुटा क्याम्पस इकाई समिति सदस्य क्रान्तीराज पौडेल लगायतले सम्वोधन गरेका थिए ।