धरान । संवैधानिक परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा गरेको नियुक्तिका लागि सिफारिसकाे निर्णय सार्वजनिक गरेको छ ।
आज आईतबार मात्र सार्वजनिक गरिएको मंसिर ३० गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वमुख्य सचिव प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल नियुक्तिका लागि सिफारिस भएका छन् ।
त्यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र जानकी तुलाधर सिफारिस भएका छन् । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा मनोज दवाडी, डा.सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुर सिफारिस भएका छन् ।
परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यहरुमा जुद्ध गुरुङ र अमर राज मिश्र, महिला आयोग अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा, र विद्याकुमारी सुनार, दलित आयोगको अध्यक्षमा देवराज बिक र सदस्यहरुमा मिना शोब , परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेने पार्थीलाई सिफारिस गरेको छ ।
त्यस्तै समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री र सदस्यहरुमा रामकृष्ण तिमिल्सिना र हरिदत्त जोशी, आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापा र सदस्यहरुमा मिनश्रीस मगर, मिनचुङ लामा, रिमा राना र शरण राइलाई सिफारिस गरेको छ ।
मधेशी आयोगको सदस्यमा जीवत्व साह, रेणुदेवी साह र विजय गुप्ता, थारु आयोग सदस्यहरुमा विकास चौधरी, बबिता चौधरी, सुबोध सिंह र भोलाराम चौधरी नियुक्त गएका छन् भने मुस्लिम आयोग सदस्यहरुमा मोहम्मदिन अलि र मिर्जा अरसद बेग सिफारिस भएका छन् ।
संसद विघटन भएकाले परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ बेगर नै अगाडि बढ्नेछन्। तर नियुक्तीका लागि ४५ दिनसम्म पर्खिनु पर्ने छ ।