ब्लाष्टखबर । भारतीय सरकारले जारी गरेकाे तीन कृषि कानूनको विरोधमा दिल्ली गएका किसानहरूलाई हिंसात्मक झडप पछि बल्ल राष्ट्रिय राजधानीमा प्रवेश गर्न अनुमति दिइएकाे छ । उनिहरूलाई बुरारीको निरंकारी मैदानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमती दिएकाे भारतिय संञ्चार माध्यले जनाएकाे छ ।

शुक्रबार बिहान दिल्ली-हरियाणा सीमामा प्रहरी र किसानहरूबीच भएको हिंसात्मक भिडन्तपछि त्यहाँकाे सरकारले उक्त निर्णय लिएकाे हाे ।  आन्दाेलनरत किसानहरूले रामलीला मैदानका लागि अनुमति मागेकाे भएपनि सरकारले उक्त मैदानमा किसानलाई जान दिन अस्विकार गरेकाे छ ।

यसभन्दा अघि, पंजाब र हरियाणाका किसानहरू 'दिल्ली चलो' मार्चअन्तर्गत सिंहु र टिक्री सीमामा भेला भएका थिए। किसानहरुलाई दिल्ली प्रवेश गर्न नदिन दिल्ली प्रहरीले हरियाणा सीमामा धेरै संख्यामा सिपाही तैनात गरेको थियो ।

किसानहरूलाई सिंहु सीमामा तितरबित गर्न प्रहरीले अश्रु ग्यासको गोली प्रहारसमेत गरेकाे थियाे  । आक्रोशित किसानहरूले प्रहरीलाई ढुङ्गामुडा गर्दै प्रहरीले बनाएका ब्यारेकेटहरू तोडेका थिए ।

प्रहरी र किसानहरूबीच टिकी सीमामा पनि झगडा भएको थियो । किसानहरूले उनिहरूलाई राेक्न त्यहाँ सडकमा राखिएका ट्रकहरू ट्राक्टरकाे सहायताले हटाउँदै अघि बढेकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । 

केहि दिन देखी देशकाे विभिन्न स्थानबाट दिल्ली तर्फ अान्दाेलनका लागी निक्लिएका किसानहरूलाई बाटाेमा राेक्ने क्रममा प्रहरी र किसान बिच बढैगएकाे तनाव हिंस्रक हुन थालेपछि गृह मंत्रालयका अधिकारीहरूले किसान नेताहरूसँग छलफाल सुरू बताइएकाे छ । 

दिल्ली प्रहरीका पीआरओ ईश सिंघलले भारतिय संञ्चार माध्यमलाई किसान नेताहरूसँग छलफल गरिसकेपछि उनलाई बुरारीको निरंकारी मैदानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएकाे बताएका छन् ।