ब्लाष्टखबर । अमेरिकामा राष्टपतिय चुनाबकाे मतगणना हुदै गर्दा राजधानी वाशिङटन डीसीकोमा ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ ।

सयौँकाे संख्यामा मानिसहरू सडकमाउत्रिएर ट्रम्प विरूद्ध नाराबाजि गरिरहकाे बीबीसी नेपाली सेवाले उल्लेख गरेकाे छ । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले "हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्" भन्ने नारा लगाएका छन्।

शान्तिपूर्ण प्रदर्शन भएकाे भएपनि  भिडले गर्दा केही स्थानमा सडक अवरुद्ध भएको बताइएको छ। भने ह्वाइट हाउस बाहिर केही तनाव भएको र तीनजनालाई गिरफ्तार गरिएको एनबीसी समाचार संस्थाले जनाएको छ।

अन्य राज्यहरूमा पनि साना विरोध प्रदर्शनका घटनाहरू भएका छन्।