धरान । होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु भएको छ ।

बाथरुमबाट फर्किदा गम्भीर घाइते बनेका उनलाई उपचारको लागि लाने तयारी गर्दागर्दै मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृत्यु हुनेमा ४८ वर्षीय पुरुष छन् । उनको बुधबार ज्यान गएको हो । दुई सातादेखि कोरोनाको लक्षण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए भने पीसीआर जाँचको रिपोर्ट बुधबारमात्रै आएको प्रमुख मेहताले जानकारी दिए ।

उनलाई कोरोना पोजेटिभ देखिएकै दिन मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या भएका उनी दुई सातादेखि नै आफ्नै घरमा आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार मृतकलाई नेपाली सेनाको टोलीले नियमानुसार शव व्यवस्थापन गरिरहेको छ ।