मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा स्थानीय युवाहरुको सक्रियतामा समुदायमा पठन संस्कृतीको विकास र समुदायलाई शिक्षीत बनाउन सहयोग पु¥याउने उदेश्यले गाउँमै पुस्तकालय स्थापना गरिएको छ ।

गत शनिबार एक कार्यक्रमका विच तोरीबारी पुस्तकालयको उद्घाटन गरिएको पुस्तकालयका सचिब उपेन्द्र खोक्रेलले बताए । मिकलाजुङ गाउँपालिका वडा नं ८ र दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं ६ लाई समेटेर तोरीबारी पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय उद्घाटनका कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका वडा नं. ८का वडाध्यक्ष नगेन्द्र कार्की (नवीन) ले वडा मा संचालित पुस्तकालयले यस क्षेलालाई शैक्षिक क्षेत्रमा विकाश पुर्याउनुका साथै पठन संस्कृतिको विकास हुने विश्वास व्याक्त गरे । साथै पुस्तकालयलाई निरन्तर विकाशमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

तोरीबारी पुस्तकालय लाई दिगो रूपमा अगाडि बढाउनका लागि स्थानिय स्तरबाट स्वेक्षिक सहयोग समेत जुटन थालेको पुस्तकालयका अध्यक्ष मौषम बरालले बताए । साथै पुस्तकालयबाट मिक्लाजुङ र चुलाचुली घर भई हाल बैदेशीक रोजगारीमा हुनेहरुबाट समेत स्वेक्षिक रुपमा सहयोग जुटन थालेको तोरीबारी पुस्तकालयका सल्लाहाकार भिम लक्काईले बताए ।

सो पुस्तकालय संचालनका लागि स्थानीय टेकबहादु बुढाथोकी र लिला बुढाथोकीले निःशुल्क घर उपलब्ध गराएको पुस्तकालयको प्रारम्भिक समितिको उपाध्यक्ष भूमिका खड्काले बताइन ।