विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामी र कुरूवालाई निःशुल्क खाना खुवाउने कार्यक्रम तीन साता संचालन गरेपछि शनिबारदेखि सम्पन्न भएकोे छ ।

लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले २१ दिनसम्म विरामी र कुरूवालाई खाना खुवाउने कार्यक्रम संचालन गरेपछि दशैं प्रवेश गरेपछि बन्द गरिएको हो ।

क्बलले दैनिक अस्पतालका १ सय भन्दा बढीलाई निःशुल्क खाना खुलाउँदै आएको थियो । क्बलले मानवी सेवा अन्र्गतर रहेर विरामी र कुरुवालाई खुवाउँदै आएको खाना शनिबारदेखि हाललाई स्थगन गरिएको लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलका द्धितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु साहले जानकारी दिए ।

क्लबले गत असोज ११ गते देखि निरन्तर २१ दिन बिरामीका कुरुवालाई खाना खुवाउदै आएका थिए । कार्यक्रमको अन्तिम दिन विरामी, कुरुवा र कार्यक्रममा सहभागिहरूले खाना खुवाएर समापन भएको थियो ।

सोही अवसरमा क्बलले आठ जनालाई सम्मान गरेको छ । सम्मानितहरू कार्यक्रम संयोजक शम्भु साह, संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, सचिब गजेन्द्र यादव, कोषाध्यक्ष प्रमोद साह, क्बलका निर्देशक ज्ञानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरि सदस्यहरूमा विरेन्द्र देव, धमेन्द्र संग्रौला, संन्जिव पोखरेल, लवरेन्ज साह, तेज साह सम्मानित भए । सम्मानि भएकाहरूलाई लायन्स अन्तराष्ट्रिय ३२५ एवानका पुर्व गर्भनर लिला ढुङ्गेलले सम्मान गरे ।

चिकित्सक, जनस्वास्थ्यकर्मी, फार्मेसिष्ट, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीहरु संगठित भएर गतबर्ष मात्र स्थापित भएको लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले स्थापना कालदेखि समाजिक कार्यहरू गर्दै आएको छ । महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकमीहरूले समय निकालेर मानिवय सेवामा खटिएको कार्यक्रम संयोजक साहले बताए । यस्तो विसम परिस्थितीमा पनि क्लबको संस्थापक अध्यक्ष डा. बालकृष्ण साहबाट समयको व्यवस्थापन गरि उहाँको उत्प्रेणा र क्बलका सदस्यहरूको सहयोगले निरन्तर रूपमा कुरूवालाई तीन सातासम्म खान खुवाउन सफल भएको उनले बताए ।

क्लबका सचिव गजेन्द्र यादवले सञ्चालन गरेको औपचारिक कार्यक्रममा २१ दिन सम्म सहुलियत दरमा स्वस्थ्यकर खाना उपलब्ध गराएका द रोयल बिरियानी हाउसका सञ्चालक पप्पु अंसारी, मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा क्लवका निर्देशक ज्ञान बहादुर बस्नेत, नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेश साह, जोनचियर पर्सन सुर्य नारायण चौधरी, संस्थापक अध्यक्ष तथा लायन्स अन्तराष्ट्रिय ३२५ एवानका हेल्थक्याम्प सर्भिस चिफ डा बालकृष्ण साहले बधाई दिएका थिए ।

((