दमक / झापाको दमक नगरपािपलका वडा नं ४ र ५ को सिमानामा पर्ने खरखरे खोलाको डिलमा पदम कुमारी बेगाको घर छ । वरीपरि जस्तापाताले घेरेको उनको घर घाम लागेका बेला बस्नै नसक्ने गरि तातीन्न । जस्तापाता बाट आउने रापले जसरी पोल्छ त्यो भन्दा धेरै राप उनको शरिरमा देखिएको रोगले पोलीरहेको छ । बिगत ३ वर्ष देखी उनको मृगौलाले पूर्ण रुपमा काम गर्न सकेको छैन ।

यो भन्दा अघि उनलाई कालो जण्डिस पनि थियो । त्यसैबेला मृत्यूको मुखबाट बाँचेर सामान्य बनेकी बेगा अहिले फेरि मृत्यूसँग जुधिरहेकि छिन । तत्काल उपचार नगरे बाँच्नै नसक्ने चिकित्सकले बताएको छ । बिराटनगर स्थित नोबेल अस्पतालले उपचारका लागि १५ देखी १८ लाख लाग्छ भनेको छ । लाख त होईन हजार पनि निकाल्न सक्ने अवस्था यो परिवारमा छैन । त्यसलै अब के गर्ने भन्ने चिन्ताले बेगा छटपटिन थालेकि छिन ।

सामान्य घर बाहिर भित्र गर्न सक्ने बेगा रोगले थलिएर झन झन कमजोरी बनिरकहेकि छिन् । केहि सहयोगीहरुले सहयोग गरेर केहि दिनअघि उपचार गराउन भनेर नोबेल हस्पिटल लगिएको थियो । तर खर्च अभावका कारण सामान्य चेजाँज गराएर र केहि औषधि लिएर फर्काइयो ।

अहिले उनी खाना सरबरी नै औषधि खाने गर्छिन । औषधिले उनको रोग कति मात्रामा निको पार्दैछ त्यो चिकित्सकलाई नै थाह होला तर त्यो औषधि सँगसँगै खाने पौष्टिक खानेकुरा खान नसकेका कारण उनी झन कमजोर हुँदै गएकी छिन । हात खुट्टा र पुरै शरिर खिएर पातालो हुँदै गएको छ । एक ठाउँको सामान अर्को ठाउँमा उचालेर राख्न सक्ने हुती उनीसँग छैन । बिहान बेलुकाको दुई छाकको खाना मात्र खाएर उनी बसेकि छिन ।

घर बनाउने काम गरेर महिनाको १० देखी १२ हजार रुपैँया कमाएर श्रीमान बुद्धराज म्याङवोले ल्याउछन् । यो पैसा घर खर्चमै सकिन्छ । बिहान बेलुकाको छाक टार्नैमा सिमित हुने त्यो रकमले पर्याप्त मात्रामा श्रीमतीलाई औषधि समेत खुवाउन बुद्धराजले सकेका छैनन् । आफै उपचार गर्ने त उनका लागि आकाशबाट तारा झारे सरह नै हो । कसैले सहयोग गरिदिए श्रमतीसँग बाँकी जिवन कटाउन पाउने थिए की भन्ने उनले आश गरेका छन् । आफुबाट कुनै सम्भव नदेखेपछि उनमा अरुकै भर लागेको छ । 

बुद्धराजको काम पनि अहिले नियमित चल्न सकेको छैन । कोरोनाको प्रकोपका कारण उनको कामले निरन्तरता नपाएको हो । के खाउँ भरे के खाउँ भन्ने यो परिवारमा परेको बज्रपातले निकै संकट चुल्याएको छ । कसैले सहयोग गरे म बाँच्ने थिए भन्दै पदम कु्मारीले सहयोगको याचना गरेकी छिन् ।

दिर्घ र जटिल रोग लाग्ने विप्पन्न नागरिक सँधै पीडामा हुन्छन् । पहिलैदेखी अनेक समस्यासँग जुधिरहेका उनीहरुमा जटिल प्रकृतिको रोग लाग्यो भने उपचार पाउन उनिहरुको बसमा रहँदैन । किनकी निकै महँगो उपचार शुल्क उनीहरु तिर्नैै सक्दैनन् । अहिले बेगाको मृगौला ७० प्रतिशत नै काम नगर्ने भएको छ । चिकित्सकले तत्कालै उपचार गरेर नफेर्ने हो भने बचाउँन नसिकने भनेपछि यो परिवारमा चिन्ता थपीएको छ ।

sahayog paeko

सहयोग जुट्दै

दमकमा रहेका ७ वटा लायन्स क्लवहरुले संयूक्त रुपमा आर्थीक सहयोग गरेका छन् । लायन्स क्लवल अफ दमक बिग बुद्ध, माउण्ट एभरेष्ट, श्री अन्तु, सेभिका, दमक गोल्ड, ग्रीन सिटि र ओसिएस होष्टेलको तर्फबाट ५६ हजार रुपैँया सहयोग गरिएको छ । यो सहयोगले बिरामी बेघालाई औषधि र उपचारमा केहि सहयोग हुने बिस्वास लिइएको लायन्स क्लव अफ दमकका जोन चियर पर्सन दिवस राईले बताए ।

घर चलाउनै मुस्किल परेको यो परिवारमा उपचार गराएर नयाँ जिवन पाउँछु भन्ने नै थिएन । तर अहिले केहि सहयोग जुट्ने क्रम जारि नै छ । बिभिन्न व्यक्ति तथा सघं सस्थाहरुले सहयोग गरिरहेका छन् । यसरी सहयोग प्राप्त हुँदै गए पछि बिरामी बेघा भन्नु हुन्छ आफै उपचार गरेर र बाँच्छु जस्तो लागेको थिएन तर अहिले सहयोग आउन थालेकोले अव चाहि बाँच्छु की भन्ने आशा पलाउन थालेको छ ।