ब्लाष्टखबर । कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको ह्वाइट हाउसले जनाएकाे छ । 

उनकाे विशेष हेलिकोप्टर मरिन–१ बाट वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले एक सूचना जारी गरी जानकारी बताएकाे हाे । ट्रम र उनकी पत्निलाई  संक्रमण पुष्टि भएपछि राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।