Trending Tags

दुई दिने मिडियाकर्मीको लागि अभिमुखिकरण कार्यक्रम सुरु

alt
  • आश्विन १७, २०७७
  • गणेश कुमार ठाकुर

सिरहा। सिरहाको गोलबजारमा आजबाट दुई दिने मिडियाकर्मीको लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
न्यायमा पहुँच अभिबृद्दि गर्न कानुनी जागरुकता मुलक गतिविधि कार्यक्रम अन्तर्गत सिरहा जिल्लाका पत्रकारहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

दलित समाज उत्थान समिती महोत्तरी , सिपिसिएल धनुषा र एमएसवाईएन रैतहटको संयुक्त आयोजनामा गोलबजारको उधोग ब्यापार संघको परिसरमा कार्यक्रम भैरहेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको बिशिस्ट आतिथ्यमा तालिमको उदघाटन भएको आयोजक संस्था मध्येका एक जना अध्यक्ष पुनित कुमार चौधरीले जानकारी दिए ।

न्यायमा पहुँच नपुगेका लक्षितवर्ग समुदायको आवाजलाई पत्रकारको कलमले न्यायमा पहुँचका लागि लेखन कार्यमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

नेपालको संविधान २०७२ मा उल्लेख भएको मौलिक हकको व्यवस्था बरेमा आज विशेष छलफल भैरहेको परियोजना कार्यक्रम संयोजक दिपेन्द्र मण्डलले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण अधिवक्ता कुमार प्रसाद थपलिया गरिरहेको छ । युएनडिपि एद्दजे को आर्थिक सहयोगमा भैरहेको अभिमुखिकरणमा सिरहाका १८ जना पत्रकारको सहभागीता रहेको छ ।

साढे तीन लाख रूपैयाँ ...

विराटनगर/अवैध रूपमा भारतबाट मध्य रातकाे समयमा तस्करी गर ...

पथरीशनिश्चरेमा कोरोन ...

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस स ...

कोरोना संक्रमणको मात ...

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिर ...

लागूऔषधविरुद्धको स्व ...

इनरुवा । लागूऔषध विरुद्ध सुनसरी प्रहरीले चालेको स्वीप अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved