ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ७१ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमण भइ मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ जना रहेको छ। त्यस्तै क्वारेन्टिनमा ६ हजार ३ सय ३१ जना छन्। भने २ सय २४ जनाको आईसीयूमा र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
थप ८ को मृत्यु
देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीमा ६३ वर्षीय, काठमाडौंमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, रुपन्देहीमा ७२ वर्षीय र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ।