इनरुवा । संघीय सांसद जय कुमार राईले सुनसरी प्रहरीकालागि कोरोना महामारीका बिच आवश्यक स्वास्थ्य सामग्री सहयोग वापत उपलब्ध गराएका छन् ।  सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित राईले कोरोना महामारीका बिच अग्रपंक्तिमा रहेर जनसेवामा खटिदै आएको प्रहरीका लागि उक्त सामग्री सहयोग गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य राईले सुनसरी प्रहरीकालागि पीपीई सेट, थर्मल गन, पञ्जा, सर्जिकल मास्क, एन–९५ मास्क र गम बुट उपलब्ध गराएका छन् । सांसद राईले उपलब्ध गराएका सामग्री सामाजिक अभियन्ता रोहित निरौला र जेनियस निरौलाले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापालाई हस्तान्तरण गरेका छन् ।

राईले आवश्यक्ता अनुसारको थप व्यवस्थापनमा समेत साथ र सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको जेनियस निरौलाले बताए ।