ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १७ हजार ५ सय १८ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
२४ घण्टामा २ सय ६७ जना निकाे भएर घर फर्केका छन् । हाल सम्म निकाे हुनेकाे संख्या २० हजार ८ सय २२ पुगेकाे छ । मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा १४ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या २ सय २१पुगेकाे छ ।