ब्लाष्टखबर । प्रदेश १ मा आज ३२ महिला र ६२ पुरूष गरी ९५ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये सुनसरीमा ३७, मोरङमा ४५, संखुवासभामा २, झापामा ९ , प्रदेश १ बाहिरका २  जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, इटहरीमा ४ महिला र ४ पुरुष,बर्जुमा २ पुरूष, दुहवीमा १४ पुरूष, गढीमा १ पुरूष रहेका छन् ।

 मोरङको विराटनगरमा २१ महिला २१ पुरुष, लेटाङमा १ महिला , पथरीशनिश्चरेमा १ पुरूष, रंगेलिमा १ पुरूषषमा संक्रमण देखिएको छ ।

त्यस्तै, झापाको कनकाइमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमामा १ महिला र पालिका नखुलेका  १ पुरूष, र सिराहाका १ महिला र जनकपुरका १ पपुरूषमा संक्रमण देखिकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याेसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । जसमा ६३ जना प्रदेश १ स्थाइ ठेगाना नभएका छन् ।

प्रदेश १ मा सुनसरीमा २ जना र माेरङमा १ जना गरी  ३ जनाको मृत्यु भएको छ ।  प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र अन्य ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाउको छ ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् ।  प्रदेश १ मा १ हजार ५३२ जना डिस्चार्ज भएका छन् ।