ब्लाष्टखबर ।  पहिलो चरणमा आंशिक लकडाउन गरेको दमकले दोस्रो चरणमा तरकारी पसल र खाद्यन्न पसल समेत बन्द गर्ने गरि कडा लकडाउन गरेको थियो । यो अवधिमा पनि कोरोनाको जोखिम कम नभएको र समुदाय स्तरमा पुग्ने क्रम नरोकीएकोले भदौ १३ गते सम्ममा यहि शैलिको लकडाउन अवधी थप्ने निर्णय भएको नगर प्रमुख रोमना ओलीले बताए ।

अझै तरकारी र खाद्य पसल नखोल्ने गरिको लकडाउन गरिएको छ । औषधि बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय भएको उनले बताए । औषधि पसलमा पनि संक्रमण देखिएकाले औषधि बाहेकका अन्य कुनै पनि कारोबार र सेव पूर्णरुपमा निषेध गरिएको जनाइएको छ ।

औषधि ब्यवसयीले अनिवार्य मास्क र पञ्जा लगाउने र सामाजिक दुरी कायम गर्ने गरिको पसल अगाडी रेखाङकन गर्ने वा कुनै संकेत चिन्ह अनिवार्य लगाउनु पर्ने समेत बैठकले निर्णय गरेको छ । अन्य कुनै पनि पसल, बित्तीय संस्था तथा , सरकारी कार्यालय एवं सार्वजनिक सस्थानहरु अर्को निर्णय नभए सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताईन ।

साउन ३२ गते बिहान ८ बजे देखी भदौ ६ गते मध्यरात सम्मको लकडाउन अवधि सकिनै लाग्दाँ लकडाउनको अवधि थपिएको हो । कोरोनाको जोखिम र संक्रमण थप नफैलियोस भन्नका लागि गरिएको यस अघिकाे लकडाउन अवधिमा झन धेरे संक्रमित बढेका छन् । थपिएको संक्रमितहरु अधिकांश समुदाय स्तरका हुन । यो अवधिमा मात्र १७ जनामा कोरोनाको संक्रमण देखियो । ती मध्याे ८ जना क्वारेण्टाईनमा बसेका हुन्, भने अन्य ९ जना समुदाय स्तरका हुन् ।

बिभिन्न सरकारी कार्यालय, संस्थान, बित्तीय संस्था र घरैमा बसेका बिरामीहरुहरुमा संक्रमण देखिएको दमक क्वारेण्टाईन सञ्चालन तथा व्यवस्थपन समितिका सदस्य सचिव कुबेर भट्टराईले बताए ।  एक हप्तामा ४ सय ३२ जनाको स्वाज संकलन गरिएको थियो । जसमध्ये २ सय १३ जनाको रिपोर्ट आएकाे छ  ।

अन्यको रिपोर्ट आउँन बाकी रहेको छ । अहिले पनि दैनिक जसो स्वाव संकलन भै रहेको दमक नगरपालिकाले जनाएको छ ।