ब्लाष्टखबर । प्रदेश १ मा आज ४३ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ३७ जना पुरूष र ६ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ । 

मन्त्रालयका अनुसार आज  प्रदेश १ मा सबै भन्दा बढि माेरङमा २० जना, सुनसरीमा १२ जना, झापामा ८ जना, इलाममा २ जना र धनुषा घर भएका एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

जसमा विराटनगरमा ४ महिला र ७ पुरूष, बुढिगंगामा १ महिला र ३ पुरूष, लेटाङमा २ पुरूष, उर्लाबारीमा १ पुरूष र केराबारीमा २ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीकाे इटहरीमा १ महिला र ३ पुरूष, धरानमा ३ पुरूष, दुहवीका ४ पुरूष र इनरूवाका १ पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे । 

झापाकाे कचनकवालमा ३ जना, भद्रपुरमा १ जना दाक र गाैरीगञ्जमा २–२ जना पुरूषमा संक्रमण देखीएकाे छ,  भने  इलामकाे सुर्याेदयका  दुइ पुरूष भाइरसकाे संक्रमण भेटिएकाे मन्त्रायलले अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

अपडेटमा जिल्ला अस्पताल खाेटाङमा रहेका एक पुरूष निकाे भएर डिस्चार्ज भएकाे  पनि उल्लेख गरीएकाे छ । अपडेटमा हाल सम्म प्रदेश १ मा १ हजार १ सय ६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे उल्लेख गरिएकाे छ । जसमा ७ जना स्थाइ ठेगाना प्रदेश १ बाहिरका रहकाे मन्त्रालयले जनाएकाे छ । 

अा ९सय ९७ जनाकाे पिसिअार परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएकाे बताइएकाे  छ ।