धरान / धरानस्थित प्रिति भल्व एण्ड फिटिङ्समा कार्यरत धरान १५ सेन्ट्रल रोडका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि धरानमा त्रास बढेको छ । यस अघि त्यही कम्पनिसँग जोडिएका ६ जनामा कोरोना संक्रमणको पुष्टि भइसेको छ ।
प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत ५० बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरान–१५ का वडा अध्यक्ष नरेस इवारमले जानकारी दिए । धरान इभेरेष्ट लाइनमा पसलसमेत चलाउदैं आएका ती व्यक्ति प्रिति भल्भमा काम गदैं आएका थिए । उनको गत साउन १६ गते स्वाब परीक्षणका लागि वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
यस अघि कोरोना पोजेटिभ देखिएका धरान १३ का युवाको कन्ट्याक ट्रेसिङ गरेपछि उनको स्वाब संकलन गरिएको छ । ५४ जनामा अझै तीन जनाको रिर्पोट आउन बाँकी रहेको छ । हिजो धरानको ९ जनामा संक्रमण पुष्टि भएको थियो । प्रिति भल्भसँग जोडिएका ७ जनामा संक्रमण देखिए पछि औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्वलाई सिल गरिएको छ ।
पछिल्लो समय धरानमा संक्रमितको संख्या बढेको भन्दैं स्थानीयले चिन्ता व्यक्त गरेका छन् । धरानलाई तत्काल १५ दिन लकडाउन गरि परीक्षणकोे दायरा बढाउन स्थानीय सरकारसँग माग गरिएको छ । धरानमा बढ्दो त्रासलाई मध्य नजर गरेर लकडाउनको विकल्प नभएको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले बताए ।
समाुदायस्तरमा संक्रमण पुगेका बेला धरान उपमहानगरपालिका नेतृत्व रमिते बनेर बस्न नहुने नेपाल यातायात स्वातन्त्र मजदुर संठनका केन्द्रीय सदस्य ल्क्ष्मी बाँनिया बताउछन् । ‘धरानमा पुरै फैलिसक्यो यस्तो बेलामा उपमहानगरको कार्यपालिका बैठकले लकडाउन गर्ने तत्काल निर्णय गर्नु पर्छ ।’–बाँनियाले भने ।