ब्लाष्टखबर । रक्सीकाे तलतल सेनेटाइजरले मेट्न खाेज्दा भरतमा कम्तिमा १० जनाकाे मृत्यु भएकाे छ ।

लकडनउनका कारण मदिरा पसलहरू बन्द भएपछि आन्ध्र प्रदेशकाे कुरीचेडु नामक एक गाउँका स्थानिले रक्सीकाे तलतल मेट्न सेनेटाइजर पिएपछि मृत्यु भएकाे स्थानिय बिबिसीले जनाएकाे छ । 

मदिरा पिउने लत लागेका उनिहरूले पानी तथा हल्का प्रकारका पेय पदार्थ मिसाइ करिव १० दिन देखी पिउदै आएकाे त्यहाँकाे जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशललाई उद्ध्रित गर्दै समाचार प्रकासन गरेकाे छ ।

समचारमा सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर सानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको  जनाइएकाे छ ।