धरान/ धरान–९ पुतलीलाइनमा युरोपियन स्टडी हब खुल्न लागेको छ । हब बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

काठमाडौंको करियर मेकर कन्सल्टेन्सी प्रालि फ्रेन्चाइजको रूपमा हब रहेको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै प्रबन्ध निर्देशक कविर चौहानले अष्ट्रेलिया, युके, क्यानडा र युरोपियन मुलुकहरूमा पढ्न चाहने विद्यार्थीहरूलाई पठाउने बताए ।

उनले स्नातक, स्नातकोत्तर, विद्यावारिधि तहसम्म अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा प्रक्रियादेखि आवश्यक बैङ्क कागजात, आर्थिकलगायतको सुविधा प्रदान गर्ने बताए । हबले विद्यार्थीहरूको भिसा लागेपछि मात्रै कलेज शुल्क लिने नीति अख्तियार गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका धरान–९ का वडाध्यक्ष रत्न कट्वालले विदेशमा धेरै विद्यार्थीहरू अलपत्र परेको खबर आइरहेका बेला हबले त्यो अवस्था सिर्जना गरेको सुन्न नपरोस् भन्ने कामना गरे । उनले हब स्थापना भएको समाचार लेख्ने पत्रकारहरूले भोलिका दिनमा हबले अलपत्र पारेको समाचार लेख्ने अवस्था सिर्जना नहोस् भन्दै शुभकामना दिए ।