भद्रपुर / नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेका १ सय ५८ नेपाली नागरिकलाइ क्वारेन्टिनमा राखिएको छ । झापाको काँकडभिट्टा नाकाबाट ७८ जना र कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट ८० जना मङ्गलबार लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिई भद्रपुर वडा नम्बर ८ मा रहेको मेची बहुमुखी क्याम्पसमा ९१ जना, कचनकवलको महेन्द्र रत्न माविमा ५७ जना र सोही पालिकाको जनता निमाविमा १० जना राखिएको सशस्त्र प्रहरी गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले जानकारी दिए । सीमावर्ती भारतीय क्षेत्रमा हजारौँ नेपाली रहेको बुझिएको छ । उनीहरु कोही दिउँसो त कोही राति नेपाल छिरेका थिए ।