मधुमल्ला । मोरङको मिक्लाजुङमा रहेको लायन्स क्लब अफ मिक्लाजुङको बर्ष २०२०/०२१का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मधुमल्लामा एक कार्यक्रमकाबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । मंगलबारबाट क्लबको अध्यक्षको जिम्मेवारी छत्रबहादुर डाँगीले सम्हालेका छन् । उनी २०२०/०२१ को प्रेसिडेन्ट हुन् । उनलाई २०१९/०२० का प्रेसिडेन्ट शुरेन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका हुन् ।

त्यस्तै मंगलबारबाट क्लबको प्रथम अध्यक्षको जिम्मेवारी गणेश भट्टराई, द्धितिय अध्यक्ष प्रविन गौतम , तृतिय अध्यक्ष दीपक ढुङ्गेल , सचिब सन्तोष थापा मगर, र कोषाध्यक्ष होमेन्द्र दाहालले सम्महालेका छन् ।

एरिया लिडर कोमल शाक्य को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै मंगलबार नै लायन्स क्लब अफ मिक्लाजुङले इलाम चुलाचुली र मोरङको मिक्लाजुङको सिमानामा पर्ने कुइनेटारमा राष्ट्रिय एकताको सन्देश सहित राट्रिय झण्डाको झण्डातोलन समेत गरेको लायन्स क्लब अफ मिक्लाजुङका प्रेसिडेन्ट छत्र बहादुर डाँगीले बताए ।