ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ३ सय १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ  । आज ७१ महिला र २ सय ४५ पुरूषमा संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

आज ६० जना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ३ हजार १ सय ९४ जना पुगेकाे प्रवक्ता डा. गौतमले जनाएका छन् । 

पछिल्लाे २४ घण्टामा ४ हजार ७ सय ११ आरटिपिसीआर परिक्षण गरिएकाे प्रवक्ता डा. गौतमले बताएका छन्  ।  उनले हाल सम्म नेपालका विभिन्न ठाउँमा रहकाे क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेका उनले बताएका छन् । आज प्रदेश १ मा १२ जनमा संक्रमण पुष्टि भएकाे बताउदै उनले हालसम्म प्रदेश १ मा ६ सय ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन् 

नेपालमा हालसम्म काेराेना संक्रमणकाे पुष्टि भएका मृतकहरूकाे संख्या २९ पुगेकाे छ ।