सुनसरी / नेपाली गुठी एसोसियसन पेन्सलभेनिया अमेरिकाको सहयोगमा इटहरी उपमहानगरपालिका वार्ड न ३ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । इटहरी ३ बौका झोडाका दलित तथा विपन्न ३० घर परिवारलाई शुक्रबार खाद्यन्न सामाग्री वितरण गरेको हो ।
ग्रामिण क्लव हाउस इटहरीको संयोजनमा इटहरी ३ वडा कार्यालयबाट राहत प्रदान गरिएको क्लबका महासचिव धर्मप्रसाद सुवेदीले बताए ।
इटहरी उपमहानगरपालिका वडा नम्वर ३ का बडाध्यक्ष बालकृष्ण विष्ट तथा अन्य सदस्यहरुले सो राहत सामाग्री प्रदान गरेका थिए । संयोजक ग्रामिण क्लब हाउसकी सदस्य तारादेवी सुवेदी (खनाल)ले ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।
महासचिव सुवेदीका अनुसार नेपाली गुठी एशोसिएसन अमेरिका तथा ग्रामिण क्लब हाउसको सहकार्यमा ९४ हजार रुपैयाँ बराबरको राहत प्रदान गर्ने बताए । सोही अनुसार शुक्रबार ३० घर परिवारलाई राहत प्रदान गरिएको हो । पाँच महिना अघिदेखि फैलिएको कोरोना संक्रमणको कारण समस्यामा परेका बौकाझोडाका दलित र अति विपन्न परिवारलाई राहत प्रदान गरिएको क्लबका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए ।