ब्लाष्टखबर । कांग्रेस निटक वडाध्यक्षले नीति, कार्यक्रम तथा बजेट कपी च्यातेर होहल्ला मच्चाए पछि भाँडिएको धरान उपमहानगरपालिका कार्यपालिकाको बैठक शुरू भएकाे छ । 

हिजाेकाे घटनालाई लिएर मेयर तिलक राईले माफी मागेपछि आज बैठकको शुरु भएकाे हाे । 

बजेट कम पाएकाे भन्दै कांग्रेसबाट निवार्चित वडाअध्यक्षहरुले असन्तुष्टी व्यक्त गरिरहदाँ वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बजेटको सिलिङ च्याति र अपशब्द बोल्दै होहल्ला मच्चाए पछि बैठक भाँडिएको थियो ।

वडाअध्यक्ष अधिकारीकाे व्यावहार प्रति असन्तुष्टी  जनाउदै नेकपाबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले अधिकारीकाे अमर्यादित व्यावहार हुदा पनि मेयरले रुलिङ गर्न नसकेको भन्दै मेयर र वडाअध्यक्षले माफी नमागेसम्म बैठकमा सहभागी नहुने बताएका थिए ।