बीबीसी / लद्दाखको सीमामा भिडन्त भएपछि विकसित घटनाक्रमका कारण भारत र चीनबीच अझै कटुता बढे नेपालमा पनि त्यसको असर पर्न सक्ने आशङ्काप्रति विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। गत सोमवार राति चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भारतले पुष्टि गरेको छ। चीनतर्फ पनि केही सैनिक हताहत भएको भारतको दाबी भए पनि चीनले त्यसबारे केही बोलेको छैन।

नेपालले हालै जारी गरेको नयाँ नक्सा संविधान संशोधनमार्फत् निशान छापमा समेटिएको समयमै भारत र चीनबीच तनाव चर्किँदा नेपाल र भारतबीच विद्यमान सीमा विवादबारे सम्भावित वार्ता छायामा पर्न सक्ने देखिएको केही विज्ञले बताएका छन्।

के नेपाल–भारत सीमामा तनाव बढ्दै गएको हो
अहिले भारत र चीनबीच विकसित घटनाक्रमले एशियाका दुई क्षेत्रीय शक्तिबीच ुयुद्ध नभए पनि ठूलो विश्वासको सङ्कटु सिर्जना गरेको एकथरीको भनाइ छ। चीनले सैन्य तथा कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको र अवस्थामा रहेको दाबी गरेको छ।

आत्मसमीक्षा
भारतका लागि नेपाली राजदूत भइसकेका नेपाली काङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले नेपालसँगको सम्बन्ध कम्तीमा भारतका लागि चीन वा पाकिस्तानजस्ता उसका परम्परागत समस्याहरूबाट निर्देशित नहुने ठान्छन्।

उपाध्याय भन्छन्, ‘नेपालले पटकपटक भारतका गतिविधिमाथि असन्तुष्टि जनाउँदा पनि नसुन्नु उसको कमजोरी थियो। त्यो नेपालले लिएको नक्सा जारी गर्ने बाध्यात्मक कदमपछि उनीहरूले अहिले आत्मसमीक्षा गरेको पनि देखिन्छ।’

के भारतले नेपाललाई वार्ताको प्रस्ताव गरेको थियो
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र देखिनेगरी आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि केही भारतीय उच्च अधिकारी र विज्ञले नेपाल चीनतर्फ ढल्किएको अभिव्यक्ति दिएका थिए।

अब कतै नेपालप्रतिको भारतीय दृष्टि झन् संशययुक्त त हुँदैन भन्ने प्रश्नमा उपाध्यायले त्यस्तो सम्भावना न्यून भएको बताए। 'यतिखेर विश्वासको सङ्कट उत्पन्न भएका बेला त्यसो लागेको मात्र हो। नत्र चीनतर्फ त हामीभन्दा बढी त भारतीयहरू नै ढल्केका छन्। प्रविधि, व्यापार वा कूटनीतिक संवादकै हेर्ने हो भने उनीहरूको अन्तर्क्रिया बढ्ता छ।'

अहिलेको अवस्था
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा पनि भारत(चीनबीच विद्यमान अवस्थालाई सन् १९६२ को युद्धसँग तुलना गर्न नहुने ठान्छन्। 

ूउतिखेर युद्ध नै थियो भने यतिखेर झगडा मात्र हो। दुई देशले नै संवादमार्फत् अवस्था मत्थर पार्न खोजिरहेका बेला हाम्रो प्रार्थना र सद्भाव समेत शान्तिकै लागि हुनुपर्छ। भारतसँगको सीमा विवाद सुल्झाउने प्रयासमा पनि यस घटनालाई नै जोडेर निराश हुनुनपर्ने थापा बताउँछन्।

भारत र चीनबीच एक अर्कालाई दोषारोपण
उनको भनाइ छ, यी अलगअलग समस्या हुन्। एकले अर्कोलाई असर गर्छ भनेर ठान्नु ठिक हुँदैन।

नेपाली सेनाका एकजना अवकाशप्राप्त मेजर जनरल विनोज बस्न्यात चाहिँ अहिलेको झडप लडाइँ हुन नदिन बरु आफ्ना अडान कायम गर्नका लागिु भएको ठान्छन्।

चीनसँग पनि संवाद आवश्यक

सन् १९६२ को युद्धमा झैँ पछिल्लो घटनाबाट भारतका लागि कालापानीको महत्त्व झन् बढेको बस्न्यातको ठम्याइ छ। कालापानीमा अहिले पनि भारतीय सेनाका शिविरहरू छन्
उनले भने, लिम्पियाधुरा–कालापानी हिजोका दिन विवादित भूमि थियो तर नयाँ नक्सा जारी भएपछि अब त्यो दुवै देशको लागि अधीनस्थ भूमि बनेको छ।

नेपालको जोड अबको दिनमा झन् बढी वार्तामै हुनुपर्ने बताउँदै बस्न्यात भन्छन्, 'वार्ताबाट उपाय ननिकालिए सीमाको समस्या अगाडि नबढेर यथास्थिति कायम रहने देखिन्छ।'

नेपालको नयाँ नक्साः  भारतीय नेताका चार प्रतिक्रिया
सन् २०१५ मा भारतसँगको एउटा समझदारीमा चीनले समेत त्रिदेशीय बिन्दु लिम्पियाधुरा नमानीकन लिपुलेक मानेको तथ्यको बेइजिङसँग नेपालले उत्तर खोज्नुपर्ने पूर्वराजदूत उपाध्यायको मत छ। बस्न्यात पनि यसमा सहमति छन्।

'यो हामी आफूलाई झन् बढी बलियो स्थितिमा लैजाने समय हो। चीनसँगको सीमा सन्धि पुनः समीक्षा गरेर तात्कालिक सीमा स्तम्भहरू हेर्नुपर्छ। जुन हाम्रो अडान बलियो बनाउने आधार हो ।'–उनले भने।