धरान / राष्ट्रिय युवा संघका केही युवाहरुको नेतृत्वमा लकडाउनले समस्यामा परेका युवाहरुको परिवारलाई धरान–३ मा आज ८४० केजी खाद्यान्न वितरण गरिएको छ ।

नेकपा धरान उपमहानगर कमिटीको सहकार्यमा ५६ घर परिवारलाई ८४० केजी चापल, ५६ केजी दाल, २८ लिटर तेल वितरण गरिएको राष्ट्रिय युवा संघका साईमान श्रेष्ठ(जन्जु)ले जानकारी दिए । उनको पहलमा वितरण गरिएको राहतका लागि युवा नेता दिपक बनेपाली, नेपाल यातानयात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य ल्क्ष्मी बाँनिया, नगर अध्यक्ष कमल भट्टराई, भवन निर्माण व्यवसायी संघ धरानका अध्यक्ष नारायण लिम्बु, खान मेडिकलका मुजाहिद खान खान, युवा नेताहरु दिवस राई, रतन लिम्बु, बह्मज्ञ भट्टराई, कुमार भारतीलगायतले सहयोग गरेका थिए । नेकपा धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।