धरान । कोरोनाका कारण वैदेशिक रोजगारी अन्तर्गत युएईमा रहेका नेपालीहरूलाई सेञ्चुरी बैंकको सेञ्चुरी रेमिटले खाद्यान्न सहयोग गरेको छ ।

युएईमा कार्यरत रहेका नेपालीहरूलाई सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले ३ सय केजी चामल र ५४ लिटर तेल उपलब्ध गराएको हो । गत आइतबार रेमिटमा कार्यरत कृष्ण गौतम, दूर्योधन कार्की, महेश श्रेष्ठलगायतले सामग्री उपलब्ध गराएका थिए ।

बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एशोसिएसन) युएईको राहत वितरण टोलीलाई एक हजार दिरहाम बराबरको राहत सामग्री प्रदान गरेको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल प्रदान गरिएको बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उक्त सामाग्री नेपाल एशोसिएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदीप साह र केशव नेपालले बुझेका थिए ।

विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रूपमा परिवारसम्म पु¥याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेञ्चुरी सधै तयार रहेको पौडेलले बताए ।