धनकुटा / कोभिड–१९ कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन वढेसंगै हरेक स्थानिय तहले कम्तिमा १ सय वेडको क्वारेन्टाइन वनाउने भन्ने संघीयस सरकारले निर्देशन दिएको छ । तर धनकुटाकोपाख्रिवासमा भने स्थानीयले क्वारेन्टाइन बनाउन अवरोध गरेकाछन् ।

पाख्रीवास नगरपालिका वडा नं.३ स्थित् कृषि क्याम्पसको निर्माणधिन २ वटा नयाँ भवनमा स्थानिय ३ नम्वर वडावासीसँग समन्वय नगरी नगरपालिकाले क्वारेन्टाईन वनाउन लागे पछि विवाद चर्किएको छ । नगरपालिकाले एकलौटी ढंगले स्थानियसँग समन्वय नगरी जवर्जस्ती क्वारेन्टाइन राख्न लागेको उनीहरुको आरोप छ । कृषि क्याम्पसको नयाँ भवनमा क्वारेन्टाइन राख्ने विषयमा ४ दिन यता पटक पटक नगरपालिका र पाख्रीवास–३ का वडावासी विच वार्ता छलफल गरिए पनि अहिलेसम्म सहमती जुटेको छैन ।

क्वारेन्टाइन निर्माण गर्ने विषयमा भएको विवाद समाधानको लागी सोमवार नगरपालिका कार्यालयमा दुवै पक्ष विच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । नगरपालिकाको उप–प्रमुख देवकला तिम्सिनाको अध्यक्षतामा भएको वार्तामा प्रमुख प्रशासकिय अधिकृत डिकवहादुर राईले जिल्ला विपत व्यावस्थापन समितिको निर्देशनमा २४ घण्टा भित्रमा १ सय वेडको क्वारेन्टाईन वनाउनु पर्ने भए पछि कार्य अघि वढाइएको वताए । नगरपालिकामा रहेको विपत व्यवास्थापन समितिको निर्णयले कृषि क्याम्पस उपयुक्त भएकोले क्वारेन्टाईन राख्ने निर्णय गरेको राईले वताए ।

उनले विपतको बेला सवै वडाध्यक्षहरुलाई बोलाएर कार्यपालिकाको वैठक वस्ने सम्भावना नरहेकाले तत्काल क्वारेन्टाइन स्थापना गर्न आवश्यक वन्दोवस्तीसहित लागी परेको वताए । नगरपालिकाले स्थानियवासी सवैलाई भेला गरेर वडाध्यक्षहरुको उपस्थितिमा क्वारेन्टाइनको बारेमा जानकारी दिनु पर्दथ्यो तर त्यो सम्भावना संकटको वेलामा नरहेको राईले भनेका छन् ।

त्यसैगरी पाख्रीवास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महोमद इस्माईलले नेपाल सरकारले नेपाल भन्दा वाहिर वसेका मान्छे ल्याउने भए पछि क्वारेन्टाइन वनाउनु परेको वताए । उनले पाख्रीवास नगरपालिकाका १ हजार, ४ सय, ४२ जना देश वाहिर रहेको वताए र जसमध्ये ३ देखी ४ सय मान्छे पाख्रीवासको भारतमा रहेको ति मध्ये केही मान्छे तत्काल आउने भएकाले क्वारेन्टाइन निर्माण गर्नु परेको स्पष्ट पारे । उनले भने –बाहिरबाट आएका मान्छेहरु एक्कै चोटी गाउँ पठाउन नमिल्ने भएकाले क्वारेन्टाईन तत्काल आवश्याक परेको वताए । सो अवसरमा उनले वडावासीलाई नगरपालिकाले क्वारेन्टाईन र आइसोलेसनको वारेमा वुझाउन नसक्नु कम्जोरी रहेको वताए ।

यता तिन नं.वडावासीहरुको तर्फबाट वार्ताटोलीका संयोजक कृष्ण कट्वालले कृषि क्याम्पसमा क्वारेन्टाइन राख्दा स्थानियवासीमा संन्त्रास उत्पन्न हुने र क्पाम्पसको पठनपाठनमा अवरोध पुग्ने वताए । कट्वालले क्याम्पस निर्माणको चरणमा रहेकाले क्वारेन्टाइन वनाउँदा निर्माण कार्य समेत प्रभावित हुने दावी गरे । पाख्रीवास कृषि क्याम्पस व्यावस्थापन समितिका स्थानिय प्रतिनिधि समेत रहेका कट्वालले निर्माणधिन क्याम्पसलाई क्वारेन्टाइन वनाएर क्याम्पस अन्यत्र स्थान्तरण गर्न लागेको समेत आरोप लगाए । अर्का स्थानियवासी प्रणय गुरुङले निर्माणधिन क्याम्पसमा खानेपानी, विधुत, शौलाचय, कम्पाउण्ड लगायत आवश्याक पुर्वाधार समेत केही नभएकाले क्वा।ेन्टाइन सम्भव नहुने दावी गरे । त्यसैगरी अर्का स्थानिय रुपा राईले पाख्रीवास नगरको १० वटै वडाको लागी कृषि क्याम्पसमा क्वारेन्टाइ न वनाउन नदिने वताइन । वर्ताको क्रममा तीन नं.वडावासी सयौंको संख्यामा सहभागी भएका थिए ।

सो अवसरमा वोल्दै उप–प्रमुख देवकला तिम्सिनाले क्वारेन्टाईन वनाउने विषयमा नगरपालिकाको केही कम्जोरी रह्यो होला, यस्लाई सच्याएर जाने वताए । क्वारेन्टाइन वनाउने सन्दर्भमा नवनाई नहुने भएपछि उपयुक्त स्थान कृषि क्याम्पस नै देखिएकाले नगरपालिकाले पाख्रीवासको कृषि क्याम्पसमा वनाउने निर्णय भएको वताईन । उ

सो अवसरमा पाख्रीवास नगरपालिका वडा नं.३ का वडाध्यक्ष सुन्दरलाल तामाङ, ४ नम्वर वडाध्यक्ष सोवित निरौला, स्थानियहरु कमला निरौला, मिनरानी लिम्वु लगायतको उपस्थिति रहेको थियो । वार्ता स्थल भन्दा वाहिर स्थानिय वडावासीको सयौंको सख्यामा उपस्थिति रहेको थियो । पाख्रीवास–३ कृषि क्याम्पसमा क्वारेन्टाइन राख्ने विषयमा दुवै पक्ष विच सहमती नजुटे पछि मंगलवार स्थानिय प्रशासनको रोहवरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंङ्गकवहादुर चुहानको अगुवाईमा वार्ता भए पनि सहमति हुन नसकेको स्थानिय रुपा राईले वताइन ।
यसै विच पानपा–३ का वडावासीले समाजसेवी टंकवहादुर राईको अध्यक्षतमा वसेको आमभेलाले प्रणय गुरुङको संयोजकत्वमा २७ सदस्यीय पाख्रीवास कृषि क्याम्पस वचाउ संघर्ष समिति गठन गरिएको छ ।