• विवेक मिश्र

लक्ष्मीमार्ग / मोरङको बाहुनी बजारस्थित रहेको सशस्त्र प्रहरी बेश क्यामले स्थापना भएको १३ बर्ष पछि आफ्नै भवन पाएको छ ।
२०६३ साल चैत्र २९ गते तत्कालिन बाहुनी गाविस हाल बेलबारी नगरपालिका वडा नम्बर ७ मा स्थापना भएको सशस्त्र बेश क्यामले सुनसरी मोरङ सिचाई आयोजनाको भवनवाट सेवा दिइरहेको थियो ।

२ करोड ६० लाख लागतमा बनेका उक्त पाँचवटा भवनहरुको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्त्र प्रहरी बल प्रदेश १ प्रमुख डिआइजि नगेन्द्रबहादुर थापाले सोमबार उद्घाटन गरे ।

उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले सुरक्षाकर्मी आफै सुरक्षित भए मात्रै अरुलाई सुरक्षा दिन सक्ने भएकोले नगरपालिकाले सहयोग गरेको बताए । भवनमा अपुग भएका सामाग्रीहरुका लागि नगरपालिकाले अझै सहयोग गर्ने समेत उनले बताए । डिआइजी थापाले शान्ति सुरक्षालाई अब्बल बनाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।