• गणेश कुमार ठाकुर

सिरहा / अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रौनस्थित व्यवसायी अरविन्द सहनी, सोनेलाल सहनी, नागे सहनीले पोखरी ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए । पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले ४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको व्यवसायी अरविन्द सहनीले बताए ।


पोखरीमा विष हालेको केही समयपछि माछा मर्नलाग्दा मात्र आपूmले थाहा पाएको सहनीले बताए । ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिइबीका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको बताए । उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन ।

घटना व्यक्तिगत रिसिइबीका कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तुप्रसाद जैसवारले बताए । उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान तथा खोजविन गरिरहेको डिएसपी जैसवारले जनाएको छ ।