धरान । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बिमा गरेको छ ।

जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार १५० जना पत्रकारको आइएमई जनरल इन्स्युरेन्सले र बाँकी ११० जनाको युनियन स्वयम् आफैले बिमा गरिदिएको हो । कोरोना बिमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बिमा गर्नु सकारात्मक रहेको बताए ।

कोरोना बिमा व्यवस्थापन समितिका सदस्यहरू निशान चौधरी, उषाकिरण घिमिरेलगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको नीतिबारे समन्वय गरेका थिए । शुक्रबार नै ११० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो ।