• मदनबाबु प्रसाई

मोरङ र/   धान जोनको रुपमा चिनिएको दक्षिणी मोरङको रतुवामाई नगरपालिकाले कृषकहरुलाई  ५९ हजार केजी धानको वीउ वितरण गरेको छ । 

    नगरलाई धान जोनको रुपमा विकसित गर्ने उद्देश्य र उत्पादनमा वृद्धि गर्न  कृषकहरुलाई ५० प्रतिशत अुनदानमा उन्नत जातका धानको बिउ वितरण गरिएको नगर प्रमुख रविन राईले बताए  नगरलाई खाद्यान्नमा आत्म निर्भर पार्ने योजना रहेको उनले बताए ।

   नगरले सोना मुन्सुली, रंन्जित, हर्दिनाथ, राधा –१२, रामधाम जातका ३५ हजार केजी र प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना धान जोन इकाईले २४ हजार केजी धानका बिउ वितरण गरिएको नगरका कृषी शाखाका प्रमुख नरहरि निरौलाले बताएका छन ।  साथै उनले चालु बर्षमा १ करोड कृषी क्षेत्रका लागि बजेट विनीयोजन भएकोले आगामी बर्ष कृषी क्षेत्रलाई आत्म निर्भर बनाउन ३ करोड आवश्यक पर्ने समेत बताएका छन ।

  नगरले १ सय ६१ सय कृषक समुह, ६ वटा कृषी सहकारी र १४ वटा कृषी फर्मलाई वितरण गरिएको बताउदै बताउदै प्रमुख निरौलाले नगरमा २ हजार बिगाहमा  १ लाख २७ हजार ७ सय ९० मन धान उत्पादन हुने अपेक्षा गरीएको बताएका छन । नगरमा २ हजार २ सय विगाह धान उत्पादन हुने खेतीयोग्य जमिन रहेको छ ।