धरान/धरानलाई सताउँदै आएको सर्दु खोलाले गर्ने क्षतिलाई न्यूनीकरण गर्न सर्दुको किनारै किनार तटबन्धन रिङरोड कोरिडोर बनाउने योजनाको बहुवर्षीय याेजनाकाे टेण्डर आव्हान गरिएको छ ।
यहि जेष्ठ ९ गते बहुबर्षीय टेण्डर आवहान भएको हो । २ वर्षमा सम्पन्न हुने गरि संचालन गर्न लागिएको आयोजनाका लागि प्रदेश सरकारले करिव २० करोड लगानी गर्ने नेकपा धरान उपमहानगर कमिटी इञ्चार्ज चोतलुङले जानकारी दिए ।
उनका अनुसार यस आर्थिक बर्षमा प्रदेश सरकारले ८ करोड बजेट विनियोजन गरेको छ । टेण्टर प्रक्रिया पुरा हुन साथ काम अगाडी बढ्ने प्रदेश सरकारले जनाएको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी कार्यवहाक मेयर भएको बेला यस आयोजनाका लागि प्रदेश सरकारसँग प्रस्ताव गरेकी थिइन । नेकपा सुनसरी क्षेत्र नं. १ का प्रदेश सभा सदस्यहरुको विशेष पहलमा योजना धरान ल्याइएको चोत्लुङले जानकारी दिए ।
यो तटबन्धनले सर्दु किनारामा बस्ने सुकुम्वासीहरुलाई ठूलो राहत मिल्ने छ । झण्डै १० किमी क्षेत्रमा तटबन्धन गरिने बताइएको छ ।