उर्लाबारी ।  सहकारी संस्थाहरुको छाता संगठन उर्लाबारी सहकारी सञ्जालले नगरमा रहेको सहकारीहरुले  हप्तामा दुई दिन मात्र शेयर सदस्यहरुलाई सेवा प्रदान गर्न भनेको छ ।

सञ्जालको बिहीबार बसेको बिहीबार बसेको बैठकले कोरोना भाईरसको संक्रमण छिमेकी नगरपालीकाहरुमा फेला परेको हुदा“ सक्रमणको त्रास र बजार क्षेत्रमा बढ्न सक्ने भिड्भाडलाई न्यूनीकरण गर्नलाई साताको दुई दिन सोमबार र बिहीबार बिहान ७ देखि १० वा १० देखि १ बजे सम्म मात्र कारोवार गर्ने निर्णय गरीएको सञ्जालकी अध्यक्ष सिता कार्कीले बताएकी छन ।

नगरमा हाल चार दर्जन बढी सहकारीहरुले शेयर सदस्यहरुलाई दैनिक सेवा प्रदान गर्दै आईरहेका छन भने आईतबार देखि उक्त सेवाको समय परिवर्तन हुने समेत  अध्यक्ष कार्कीले बताएकी छन ।