उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरका कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

नगरलाई खाध्यन्नमा आत्म निर्भर बनाउने अभियान अनुरुप नगरका सवै वडाका कृषकहरुलाई असारमा रोपीने धानको बिउ वितरण गरेको हो ।

नगरले ४२ कृषक समुह, ९ वटा कृषी सहकारी र ६ सय २७ कृषकहरुलाई २२ हजार ८५ केजी राम, रंञ्जीत र स्वर्णसव जातका धानको विउ वितरण गरेको नगरपालिकाका कृषी शाखाका प्रमुख अंम्बिकाप्रसाद लुईटेलले बताउदै सो व्यवस्थापनको लागि कृषकको २५ प्रतिशत सहभागीता सहित जम्मा १३ लाख ४२ हजार लगानी भएको बताएका छन ।

वितरण गरीएको उक्त बिउले नगरको ७ सय ३६ हेक्टर खेतका लागि पुग्ने र ३५ देखि ४० मेट्रीकटन धान उत्पादन हुने सो शाखाकी कर्मचारी सृजना नेपालीले बताएकी छन ।

लक डाउनको अवधीमा पनि नगरपालिकाले कृषी क्षेत्रका कार्यलाई प्राथमिकताका दिएर बिउ लगायतका कृषीजन्य सामाग्री वितरण गरी उत्पादन बृद्धि गराउने  कार्य गरेकोमा प्रशंशा गर्दै आगामी बर्षको बजेटमा पनि खेतियोग्य जमिनको क्षेत्रफल मापन गरी कृषी सहित स्वस्थ्य  र शिक्षालाई प्राथमिकता दिएर अगाडी बढाउन आवश्यकता रहेको सुझाव कृषी क्षेत्रका अगुवा एवं सामाजीक अभियान्ता रुद्रबहादुर तामाङले दिएका छन ।