- रमेश थापा
यासोक पाँचथर / तेह्रथुमको सुख्खाक्षेत्र छथर गाउँपालिकामा पनि फौजी किराको प्रकोप भेटिएको छ । किसानले मकै बारीमा फौजी किरा फेला परेको भन्दै गाउँपालिकामा गुनासो गर्न थालेपछि गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुसहितको प्राविधिक टोलिले स्थलगत अनुगमन गरेको छ ।
गाउँपालिकाको बढि प्रभावित क्षेत्रमा कृषि शाखाका प्राविधिक टोलीले औषधी प्रयोग गर्ने र आंशिक प्रभाव परेको स्थानमा किसानलाई बिषादी बितरण गर्ने गरेको अध्यक्ष लिम्बुले बताए ।
गाउँपालिकामा गत वर्ष पनि फौजी किराको आक्रमणबाट मकै बाली नष्ट भएको थियो । गत वर्षको भन्दा यो वर्ष किराको प्रकोप दोब्बर रुपमा देखा परेपछि गाउँपालिकाले संक्रमण रोक्न सजकता अपनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ सालको बजेटबाट ७ लाख रुपैयाँमा बिषादी खरिद गरी किसानलाइ निशुल्क बितरग गर्दै आएको छ । किसानले बिषादी खरिद गरेर किरा नियन्त्रण गर्न नसक्ने अवस्था देखिएकाले गाउँपालिकाले बिषादी प्रभावित क्षेत्रमा निशुल्क बितरण गरेको लिम्बुको भनाइ छ ।
गाउँपालिकाको सबै वडामा किराको प्रकोप देखा परेको छ । समस्या देखिएको स्थानमा टोल बिकाससंस्थाको निणर्य र वडाको सिफारिसमा बिषादी किसानको बारीसम्म पु¥याउँदै आएको गाउँपालिकाले जनाएको छ ।