कालाबन्जर ।  नेपालमा अहिले काेराेना सक्रमित दिनानुदिन बड्दै गएकाेले बिहीबार जेष्ठ ८ गते बिहिबारकाे दिन नगर कार्यपालिकाको बैठकले तीन ठाउँमा क्वारेन्टाइन राख्ने निर्णय गरेकाे छ । साथै बराहक्षेत्र नगरपालिकाबाट रामानन्दाचार्य सेवा पीठलाई क्वारेन्टाइन राख्न प्रदेश सरकारलाई बराहक्षेत्र नगरपालिकाले सिफारिस गरिएको नगर प्रेस सल्लाहकार नवराज बिष्टले बताए ।
 
विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै बराहक्षेत्रका प्रकाश मावि, बराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि , बराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि – बराहक्षेत्र ३, भरौलमा सामुदायिक विद्यालयमा नगर बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिने निर्णय गरिएकाे नगर सुचना अधिकृत पुकार पाेखरेलले जानकारी दिएकाे छ । खानपिनमा नेपाल सेनाले सहयोग गर्ने भनेता पनि खर्चलाई कसरी गर्ने कल्ले गर्ने भनेर अहिले निर्णय नभएको सूचना अधिकृत पाेखरेलले बताए ।
 
नेपाल – भारत सीमानाकासम्म आइपुगेका र अलपत्र अवस्थामा रहेका बराहक्षेत्रका नगरवासीलाई सहजीकरण गरी नगर ल्याइने र क्वारेन्टाइनमा राखिने भाैतिक पर्वाधारहरुकाेलागी हामी अहिले सहजिकरण गरि रहेका बराहक्षेत्र नगर प्रमुख निलम खनालले बताए ।
 
हामीलाई चाहिने अति सामानहरु पुर्तिकाे लागि अाज प्रदेश नम्बर १ मन्त्री संगकाे भेट वार्तामा सहजिकरण गर्दै छाै । अहिले हामीले राख्ने क्वारेन्टाइनमा स्थानीयकाे जनगुनासाे धेरै छ । क्वारेन्टाइन राख्न स्थानीय वासिहरु नदिने भनेर गुट उपगुट बनाएर काम गर्न गाराे भएको खनालले बताए ।