यासोक,पाँचथर ।  पाँचथरको तुम्बेवा गाउँपालिकाले किसानलाई कफी उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । परम्परागत खेतीबाट उत्पादन घट्न थालेपछि गाउँपालिकाले कफी उत्पादनको नयाँ प्रविधि अपनाएको हो । 

गाउँपालिकाले किसानलाई लाखबढि कफीका बिरुवा बितरण गर्ने तयारी गरेको छ ।  गाउँपालिकालाई कफी उत्पादनमा आत्मनिर्भर बनाउँने उद्देस्यले किसानलाई १ लाख ३२ हजार कफीका बिरुवा बितरण गर्न लागेको हो । कफी उत्पादनको लागि किसानलाई खाल्डो तयार गर्न लगाएको छ । सुख्खाक्षेत्र घोषित गाउँपालिकामा वर्षाद सुरुभएसंगै बिरुवा बितरण गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ सालको १२ लाख रकमबाट माटो परिक्षण र बेर्ना उत्पादन गरेको छ । उत्पादन गरेको बिरुवा न्युनतम ५० को दरले किसानलाई बितरण गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । प्रत्येक किसानले २ सय देखि ३ सयका दरले कफी बितरण गर्न लागेको छ । सामान्यतया कम उत्पादन गर्ने किसानले ५० वटा कफिका बिरुवा रोप्नु पर्ने छ । 

किसानबाट उत्पादन भएको कफी बजारसम्म पु¥याउँ गाउँपालिकाले कफि बिकाश बोडसंग समन्वय गरी बजारको व्यवस्थापन गाउँपालिकाले मिलाएको छ । अब किसानले उत्पादन गरेको कफी प्रतिकेजी एक सय रुपैयाँको दरले संकलन गर्ने थापाको भनाइ छ । त्यस्का लागि संकलन गर्ने छुट्टै टोली बनाइएको छ । किसानले उत्पादन गरेको कफी खेर जान नदिन बजारको सत प्रतिशत ग्यारेन्टी गाउँपालिकाले गरेको छ । सुख्खाक्षेत्रवासी नागरिकलाई आत्मनिर्भर बनाउँने उद्देस्यले कफि उत्पादन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।